Breaking News

भरतपुर अस्पतालमा दुईसहित चितवनमा कोरोनाबाट तीन जनाको मृत्यु, ३४ संक्रमित थपिए

Banner

चितवन, भदौं २६-

चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयको अनुसार भरतपुर अस्पतालमा दुुई जना र अन्य अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुरको एक जना, तनहुँको एक जना र चितवनका एक जना रहेका छन् ।

चितवनका विभिन्न अस्पतालमा ४६ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ११ जना, भेन्टिलेटरमा तीन जना, एचडीयूमा १० जना, सामान्य बेडमा २५ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा सात जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । आज चितवनको एक जना मृतक थपिएसँगै चितवनमा कोरोना संक्रमणको कारणले ज्यान गुमाउनेहरुको संख्या ४०५ जना पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा चितवनमा ३४ जना कोरोनाका बिरामी थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा २८ जना, खैरहनी नगरपालिकामा दुई जना, माडीमा एक जना र रत्ननगरमा तीन जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ६७५ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा ६४४ जना र अस्पतालको आइसोलेसनमा ३१ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>