नवलपुर

नवलपुरको कावासोतीमा नगदसहित सात जुवाडे पक्राउ

Banner

कावासोती,भदौं ६-

नवलपुरमा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नवलपुरले जुवाको खालबाट नगदसहित उनिहरुलाई पक्राउ गरेको हो । कावासोती नगरपालिका वडा नं ७ स्याउली बजारमा जुवा खेलिरहेको अवस्थामा उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट नगद २४ हजार ७ सय ८० रुपैँया बरामद गरिएको प्रहरी निरिक्षक मधुसुदन सिहंले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं. ८ का नेत्र बहादुर खड्का, कमल सुवेदी, अर्जुन घिसिङ, भूमिश्वर भट्टराई, दिल बहादुर रानाभाट, श्याम गुरुङ र यज्ञ प्रसात तिवारी रहेका छन् । उनिहरु सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>