Breaking News

गैँडाकोटको बेरुजु जिल्लामै सबैभन्दा कम, आगामी दिनमा शुन्यमा झार्छौः मेयर छत्रराज

Banner

नवलपुर,भदौं ६ ।

नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिकाको बेरुजु जिल्लामै सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको २०७६/७७ को लेखा परीक्षणमा जिल्लाका आठ स्थानीय तह मध्ये गैँडाकोट नगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको हो ।

सो आर्थिक वर्षमा गैँडाकोट नगरपालिकाको बेरुजु १.३५ प्रतिशत मात्रै रहेको छ । गैँडाकोट पछि दोस्रोमा बौदीकाली गाउँपालिकाको बेरुजु १.७५ प्रतिशत देखिएको छ । त्यसैगरी मध्यविन्दु नगरपालिकाको १.९२, कावासोती नगरपालिकाको २.१२, देवचुली नगरपालिकाको २.१५, हुप्सेकोट गाँउपालिकाको २.१६, विनयी त्रिवेणी गाँउपालिकाको ४.१० प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी नवलपुरमा सबैभन्दा बढि बेरुजु बुलिगंटार गाउँपालिकाको देखिएको छ । जहाँ बेरुजुको प्रतिशत ४.४५ प्रतिशत रहेको छ ।

गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले आगामी दिनमा बेरुजुलाई शुन्यमा झार्ने बताउनु भयो । आर्थिक अनुसासन सबैभन्दा ठुलो कुरा भएको बताउँदै उहाले जिल्लामै गैँडाकोट नगरपालिका सबैभन्दा कम बेरुजु देखिएको स्थानीय तहमा परेको भन्दै यो सबैका लागि गतिलो सन्देश भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>