इच्छकामना

चितवनमा एमाले जिल्ला सदस्य र माओवादी पालिका सह-इन्चार्जसहित १०५ जना काँग्रेस प्रवेश

Banner

चितवन,साउन २३-

नेकपा एमाले चितवन जिल्ला सदस्य र माओवादी केन्द्र इच्छाकामना गाँउपालिका सह–इन्चार्ज सहित १०५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन । एमाले जिल्ला सदस्य चन्द्र बहादुर सुनार र माओवादी केन्द्र इच्छाकामना गाँउपालिका सह–इन्चार्ज चन्द्र बहादुर प्रजासहित विभिन्न पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । आज (शनिवार) इच्छाकामना गाँउपालिकामा आयोजित कार्यक्रम मार्फत नेपाली काँग्रेस चितवनका जिल्ला सभापती जीत नारायण श्रेष्ठले उनिहरुलाई टिका लगाएर पार्टी प्रवेश गराउनुभयो ।

सो अवसरमा बोल्दै जिल्ला सभापती जीत नारायण श्रेष्ठले काँग्रेस चितवनमा प्रवेशको लहर चलेको बताउनुभयो । उहाँले जिल्ला हरेक पालिकामा विभिन्न पार्टीका कार्यकर्ता काँग्रेस प्रवेश गर्न आत्तुर भएको भन्दै पार्टीले अभियानको रुपमा प्रवेश कार्यक्रम संचालन गर्ने बताउनुभयो । नेपालीहरु कम्युनिष्टबाट अजित भएका कारणपनि काँग्रेसप्रति आकर्षण बढेको उहाँको भनाई छ । देशको विकास र निकास काँग्रेसबाट मात्र सम्भव रहेको उहाँको तर्क छ ।

कार्यक्रममा पार्टी जिल्ला सचिव उत्तम जोशी, पार्टी महासमिति सदस्य तथा इच्छाकामना गाँउपालिका अध्यक्ष गीत गुरुङ,महासमिति सदस्य सुवोध प्रधान,विजय भुसाल,क्षेत्रिय सभापती भरत लामिछाने,जिल्ला सहसचिव सुर्य अर्याल,इच्छाकामना गाँउपालिका पार्टी सभापती तथा गाँउपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>