चितवन विशेष

रोटरी क्लव अफ चितनवद्वारा ह्वीलचियर र आर्थिक सहयोग

Banner

चितवन, साउन २२
रोटरी क्लव अफ चितवनले भरतपुर २ क्षेत्रपुर आलेटोल स्थित मोहम्मद सिदिकलाई ह्वीलचियर र आर्थिक सहयोग गरेको छ । विगत एक वर्ष अगाडि प्यारलाईसिस भई दैनिक जिवनयापनमा समस्या देखिएको कारण ह्वील चियर हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

सो अवसरमा बिरामी मोहम्मद सिदिकका श्रीमती स्यानी मियाँ र छोरा मोहम्मद फारुलाई ह्वीलचियर र नगद हस्तान्तरण गरिएको हो । स्वास्थ्यमा समस्या भएपछि आम्दानीको अवस्था पनि कमजोर भएकाले उपचारमा सहयोग पु¥याउने उद्देश्यले नगद पाँच हजार रुपैयाँ पनि सहयोग गरिएको अध्यक्ष शाक्यले बताउनु भयो ।

रोटरी क्लवद्वारा हस्तान्तरण गरिएको ह्वील चियरले मोहम्मदको दैनिक जिवनयापनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष शाक्यले आगामी दिनमा पनि सहयोगको प्रतिवद्धता व्यक्त गर्नु भयो । सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्लवको पहिलो प्राथमिकता समाजसेवा रहेको बताउँदै उहाँले सहयोग गर्न पाउँदा खुसि व्यक्त गर्नु भयो ।

कार्यक्रममा रोटरी क्लव अफ चितवनका सचिव गोपाल भट्टराई, सर्भिस प्रोजेक्ट कमिटि चियर ई. पुरन सुवेदी, वोर्ड सदस्य मनोज वर्नवाल, रोट्याक्ट क्लव अफ चितवनका जोइन्ट ट्रेजरर सायल पाण्डेलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमपश्चात मोहम्मद परिवारले बेरोजगारी समस्या र आर्थिक अभाव दर्शाएपछि कार्यक्रममा सहभागि रोटरी क्लव अफ चितवनका सचिव गोपाल भट्टराईले बिरामीका छोरा मोहम्मद फारुलाई रोजगारीको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । बिरामी मोहम्मद सिदिकका श्रीमती स्यानी मियाँले सहयोग प्रति रोटरी क्लव अफ चितवनलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ सहयोग र समर्थनको अपेक्षा गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>