चितवन विशेष

चितवनमै अन्तर्राष्ट्रियस्तरको स्कुल अंकुरम, काठमाडौं जानुपर्ने बाध्यता हट्यो (भिडियोसहित)

Banner

चितवन, साउन १४
चितवनमा अन्तर्राष्ट्रियस्तरका स्कुल कलेजहरु खुल्न थालेपछि काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । जिल्लामा काठमाडौंकै स्तरमा सुविधा सम्पन्न स्कुल कलेजहरु खुल्ने क्रम चलिरहेको छ । यससँगै अत्याधुनिक मोडलका स्कुल कलेजमा पढ्न चाहने चितवनका विद्यार्थीहरुले आफ्नै जिल्लामा पढ्न पाएका छन् ।

अत्याधुनिक संरचनासहित पछिल्लो समय स्थापना भएको स्कुल मध्येको एक हो अंकुरम एकेडमी । भरतपुर– ७ मा अंकुरम एकेडमी खुलेपछि चितवनबाट काठमाडौं जाने विद्यार्थी घट्दै गएको कलेजका विज्ञान संकायका निर्देशक डा राघुनाथ धितालले बताए । उत्कृष्ट शिक्षा पाइएपछि काठमाडौं जान चाहेका विद्यार्थीहरु अंकुरममा आएको उनको भनाइ छ ।

विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथै सिपमुलक ज्ञान प्रदान गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने अंकुरमको लक्ष्य रहेको धितालले बताए । उनले विज्ञान विषय पढ्नका लागि ल्याबसहित विभिन्न संरचना आवश्यक पर्ने बताउँदै ती सबै आधुनिक संरचनाहरु अंकुरममा रहेको जानकारी दिए ।

सबै विद्यार्थीको दिमाखी क्षमता बराबर हुने बताउँदै धितालले आफूहरुले कम नम्बर ल्याएर एसइइ पास भएकाहरुलाई पनि अंकुरममा भर्ना लिने बताए । अंकुरममा विद्यार्थीहरुका लागि सबै सुविधा रहेको धितालले बताए । अंकुरममा स्वीमिङ् पुल, स्र्पोटलगायतको व्यवस्था रहेको छ । काठमाडौंको मोडलमा त्यहाँको भन्दा अझ राम्रो गरी अंकुरम स्थापना गरिएकाले काठमाडौं जान खोज्ने विद्यार्थीहरु अंकुरममा आकर्षित भएको उनले बताए ।

उनले अंकुरममा न्यून आए भएका विद्यार्थीहरुका लागि छात्रवृत्तिको पनि व्यवस्था रहेको जनाए । यस्तै सरकारले तोकेका कोटाहरुका आधारमा पनि छात्रबृत्ति दिइने उनको भनाइ छ । अति जेहेनदार विद्यार्थीहरुलाई पनि निःशुल्क पढाइने धितालले बताए ।

अंकुरममा शान्त वातावरणमा विद्यार्थीहरुलाई पढ्ने वातावरण रहेको बताउँदै धितालले दक्ष र अनुभवी शिक्षकहरुले पढाउने बताए । पूर्विचितवन, पश्चिम चितवन, माडी एवम् कावासोतीसम्मका धेरै विद्यार्थीले अध्ययन गर्न अंकुरमलाई छानेको बताए ।

उनले २१ औं शताब्दिमा चाहिने अन्र्तराष्ट्रिय स्तरको शिक्षा विद्यार्थीहरुलाई प्रदान गरी विश्व भरी नै नेपाली विद्यार्थीहरु पू¥याउने अंकुरमको लक्ष्य रहेको बताए । उनले अंकुरममा विज्ञान विषय पढेका विद्यार्थीहरुलाई अन्र्तराष्ट्रिय क्षेत्रमा वैज्ञानिक बनेर काम गर्न सक्ने गरी सिपसहितको सैद्धान्तिक ज्ञान सिकाइने बताए ।

व्यवस्थापन संकायका कार्यक्रम संयोजक आकाशकुमार पाण्डेले अंकुरममा व्यवस्थापन विषय पढ्ने विद्यार्थीहरुलाई आर्थिक बजारको क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने एक अब्बल व्यक्ति बनाइने दाबी गरे । उनले अंकुरममा फरक तरिकाले पढाइने बताउँदै सबै विद्यार्थीलाई उत्तिकै महत्व दिएर सबैलाई समान हैसियतमा जान्नि बनाउने अंकुरमको लक्ष्य रहेको बताए ।

विद्यार्थीहरुलाई खेल, ध्यान, योगमा पनि आकर्षित गराउँदै लगिने अंकुरमको लक्ष्य रहेको पाण्डेले बताए । व्यवस्थापन संकायका विद्यार्थीहरुलाई अहिलेको बजारमा चाहिने सिपसहितको शिक्षा दिइने बताउँदै पाण्डेले व्यवस्थापन संकाय पढ्न सबै विद्यार्थीहरुलाई अंकुरममा स्वागत गरिने बताए ।

भरतपुर महानगरपालिका ७, विपि कोइराला क्यान्सर अस्पताल नजिक रहेको अंकुरम गत वर्षदेखि सञ्चालनमा आएको हो । यहाँ नर्सरीदेखि प्लस टु सम्म पढाइ हुने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>