नवलपुर

नवलपुरको कावासोतीमा निषेधाज्ञा उल्लंघन गरी पसल चलाउने दुई जना पक्राउ

Banner

नवलपुर,जेठ १४-

निषेधाज्ञाका समयमा पसल संचालन गर्ने कावासोतीका २ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका १ घर भई हाल कावासोती ३ निवासी पूर्णबहादुर श्रेष्ठ र पर्वत देउपुर गाउँपालिका २ घर भई हाल कावासोती ३ निवासी विनोद क्षेत्री रहेका छन् ।

पक्राउ परेकालाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>