नवलपुर

नवलपुरको डण्डामा कोरोना सङ्क्रमितका लागि रक्तदान

Banner

कावासोती,जेठ १३-

कोभिड १९ बाट सङ्क्रमितका लागि यहाँस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।

बिहीबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा विपद व्यवस्थापन सहयोगी समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४८ पुरुष र ५ महिला गरि ५३ जनाले रक्तदान गरेको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो ।

जिल्लाको कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष गिरीले बताउनुभयो । नेपाल रेडक्रस कावासोती उपशाखाद्वारा सञ्चालन गरिएको रक्तसञ्चार केन्द्रमा अहिले रगतको अभाव रहेको रेडक्रम उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले बताउनुभयो ।

विपन्नलाई खाद्यान्न सहयोग

आपतकालीन सहयोगी युवा सञ्जाल कावासोतीले विपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाका¬१३ भित्रका विभिन्न टोलमा रहेका ३३ घर विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको सञ्जालका सदस्य जनक माकिम मगरले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>