नवलपुर

नवलपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Banner

कावासोती,जेठ १३-

नवलपुरमा भारतीय नम्वर प्लेटको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं.७ ब्यारेजपुल नजिकै यूपी ६० एटी २७७७ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ३५ वर्षका दशरथ गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते गुप्ताको बुधबार उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो । गुप्तालाई ठक्कर दिने ट्रकका चालक भारतीय नागरिक ४० वर्षका अरविन्द यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>