नवलपुर

गैँडाकोटको शाइनिङ आवासीय माध्यमिक विद्यालय अन्तर्राष्ट्रिय स्कुल अवार्डमा आवद्ध

Banner

गैँडाकोट, जेठ ३-

गैँडाकोट नगरपालिका–५ मा रहेको शाइनिङ आवासीय माध्यमिक विद्यालयले शिक्षण सिकाइ कार्यलाई अझ चुस्त र दुरुस्त पार्ने अभिप्रायले ब्रिटिश काउन्सिलले सञ्चालन गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्डमा आबद्धता जनाएको छ ।

यस अवार्डअन्तर्गत प्रयोगात्मक, सामूहिक सहकार्य, समावेशिता, परियोजनामा आधारित एवम् विभिन्न ठाउँहरुको अध्ययन भ्रमणमा गएर आर्जन गरिएको ज्ञान नै दीगो हुन्छ भन्ने मान्यतामा विद्यालयले विभिन्न सातवटा परियोजनाहरुलाई अगाडि बढाएको हो ।

जस अन्तर्गत परियोजना १ मा भाषा सिकाइअन्तर्गत पाकिस्तानको सरकारी छात्रा उच्च माविको सहकार्यमा शाइनिङ आवासीय माध्यमिक विद्यालयका कक्षा १ का विद्यार्थीहरुले उर्दू भाषा सिक्ने र पाकिस्तानका विद्यार्थीहरुले नेपाली भाषा सिक्ने कार्यक्रमको ९० प्रतिशत काम पूरा भएको विद्यालयका आईएसए परियोजनाका प्रमुख भोला दवाडीले नारायणी अनलाइनलाई जानकारी दिए ।

त्यस्तै परियोजना २ अन्तर्गत ‘हाम्रो वरीपरीको प्राकृति विपत्ति’ विषयमा पाकिस्तानको अल मुर्ताजा सिनियर बोइज् स्कुलका विद्यर्थीसँगको सहकार्यमा शाइनिङ आवासीय माध्यमिक विद्यालयका कक्षा ७ का विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन ्। जसअन्तर्गत नेपाल र पाकिस्तानमा हुने समान तथा भिन्न प्रकृतिका प्रकोपहरुको देशका नागरिकले कसरी समाधान गरिरहेका छन् र कसरी गर्नुपर्छ भन्ने कुरालाई स्काइपको माध्यमबाट एक आपसमा आदान प्रदान गरेर दीगो ज्ञान हाँसिल गरेका थिए । उक्त परियोजनाको सम्पूर्ण कार्यहरु सम्पन्न भएको व्यहोरा विद्यालयका आईएसए परियोजनाका उपप्रमुख कपिल लामिछानेले बताए ।

त्यस्तै परियोजना ३ अन्तर्गत शाइनिङ आवासीय माध्यमिक विद्यालयका कक्षा ९ का ३५ जना विद्यार्थीहरुले पाकिस्तानको दुई उच्च माविका दिनात एल इस्लाम र वारवोटन अब्दुल घफोर नदिमसँगको सहकार्यमा दाइजो प्रथा भन्ने परियोजना सम्पन्न भइसकेको व्यहोरा विद्यालयका आइएसए परियोजनाका अर्का उपप्रमुख योगेन्द्र लामिछानेले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय सहकार्यमा गरिएको उक्त परियोजनाबाट अफगानिस्तानको दाइजो समस्याभन्दा पाकिस्तानको दाइजो समस्या नेपलको जस्तै जटिल भएको व्यहोरा विद्यार्थीहरुले पाकिस्तानको विद्यालयका शिक्षकहरुले जानकारी गराए ।

त्यसैगरी परियोजना ४ अन्तर्गत सरकारी विद्यालय र सस्थागत विद्यालयको सहकार्यअन्तर्गत साइनिङ माध्यमिक विद्यालयका कक्षा २ र सरस्वती आधारभूत विद्यालयका कक्षा २ का विद्यार्थीहरुका सहकार्यमा आर्ट एण्ड क्राफ्ट बिन कोलाज’ परियोजना सम्पन्न भइसकेको जानकारी परियोजना प्रमुख सञ्जु थापाले जानकारी गराइन् । जसअन्तर्गत दुवै विद्यालयका विद्यार्थीहरु परस्पर मिलेर १५ प्रकारका गेडागुडीहरु संकलन गरेर तिनीहरुको प्रयोग गरेर विद्यार्थीहरुको प्रयोग गरेर जोड, घटाउ, गुणन, भाग तथा भिन्न सम्वन्धि ज्ञान हाँसिल गरिएको थियो ।

शाइनिङ आवासीय माध्यमिक विद्यालयको परियोजना ५ स्थानीय पाठ्यक्रमअन्तर्गत धार्मिक स्थल मौलाकालिका मन्दिरमा हुने गरेका धार्मिक विधि विधान, यस मन्दिरको स्थापना, मन्दिरले जनमानसमा पारेको सकारात्मक प्रभाव, धर्म कला र संस्कृतिमा यसको प्रभावबारे अध्ययन गरिएको विद्यालयले जनाएको छ । विभिन्न धर्मका मानिसहरु बीच विकास भइरहेको धार्मिक सहिष्णुता, मन्दिरले आकर्षण गरेका स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु, मन्दिरको लोकप्रियतामा आएको वृद्धि तथा मन्दिरको कारणले यस क्षेत्रमा भएको सामाजिक, सांस्कृतिक एवम् भौतिक विकासका साथै यस मन्दिर र भारतको वैष्णोदेवी मन्दिर र पाकिस्तानको हिङ्गलाज मन्दिर बीचका समानता र भिन्नताहरु तुलना गरेर निश्कर्ष निकालिएको व्यहोरा उक्त परियोजना प्रमुख शंकर विक र टासी दोर्जे लामाले नारायणी अनलाइनलाई जानकारी दिए ।

त्यस्तै परियोजना ६ अन्तर्गत पनि शाइनिङ आवासीय माध्यमिक विद्यालयका कक्षा ८ का ४० जना विद्यार्थीहरुले विद्यालयभित्र गरिएको परियोजनामा अन्तर्राष्ट्रिय आयामको तुलना गरिएकोमा उक्त परियोजनाको सम्पूर्ण कार्यहरु सम्पन्न भएको व्यहोरा विद्यालयका आईएसए परियोजनाका उपप्रमुख तथा परियोजना प्रमुख कपिल लामिछानेले बताए । जस अन्तर्गत विद्यार्थीहरुले वृत्त, त्रिभुज, वर्ग, पञ्चभुज तथा षटकोणको चित्र बनाउन र त्रिडी अब्जेक्ट्सको प्रयोग गरी सिलिण्डर, कोण, घन, सोली, बेलना तथा पिरामिड जस्ता ठोस वस्तुहरुको ज्ञान र ती वस्तुहरु बनाउने सीप विद्यार्थीहरुले सहज र सरलरुपमा खेल्दै र रमाउदै सिक्ने अवसर प्राप्त गरेको व्यहोरा परियोजनामा सम्लग्न विद्यार्थी मनिका लामिछानेले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>