कर्णाली

कर्णाली प्रदेश मन्त्रिपरिषदमा दुई जना मन्त्री नियुक्तिका लागि सिफारिस

Banner

सुर्खेत,वैशाख २९-
कर्णाली प्रदेश मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् ।

मन्त्रीहरुको बुधबार नै सपथ हुने स्रोतको भनाइ छ । स्रोतका अनुसार विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

हालका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>