नवलपुर
गैँडाकोटको श्रीमद् रामानुज वेदविद्याश्रमको ३५ औँ साधारणसभा सम्पन्न

गैँडाकोट,वैशाख ९-
श्रीमद् रामानुज वेदविद्याश्रम गैँडाकोट नगरपालिका–१ को ३५ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
वार्षिक साधारणसभाका प्रमुख अतिथि श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय अध्यक्ष श्री १००८ देवराज स्वामीले श्रीवैष्णव भावनाले मात्रै पनि संस्कृत गुरुकुल सञ्चालन सहज हुने धारणा राखे । श्रीवैष्णव जनहरुको एकीकृत भावनाले रामानुज वेदविद्याश्रमको शैक्षिक स्थितिको उन्नयन हुने बताए ।
कार्यक्रममा श्रीशेष लक्ष्मीनारायण मन्दिर क्षेत्रपुरका अध्यक्ष पद्मनाभ स्वामी, श्रीमद्रामानुज वेदविद्याश्रम संस्कृत गुरुकुलमका अध्यक्ष केशवप्रसाद सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।
३५ औँ वार्षिक साधारणसभाले कोषाध्यक्ष गोविन्दप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को आयव्यय विवरण पास गरेको छ । बिहीबार श्रीमद्रामानुज वेदविद्याश्रमको परिसरमा भएको साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ र ०७५÷७६ को समेत आयव्यय विवरण पास गरेको छ । साधारणसभाले सचिव जगन्नाथ उपाध्यायले प्रस्तुत गरेको मन्दिरको विधान पुनर्लेखनको खाँका माथि छलफल गर्दै पास गरेको छ । कार्यक्रममा मन्दिरका उपाध्यक्ष गोविन्दप्रसाद सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण जगन्नाथ उपाध्यायले गरेका थिए । श्रीमद् रामानुज वेदविद्याश्रमका अध्यक्ष श्यामकृष्ण स्वामीको अध्यक्षतामा भएको थियो ।
























