Breaking News

नवलपरासी धौवादीको फलाम खानीबाट छड र रेलको लिग बनाउन सकिन्छः चिनियाँ कम्पनी

Banner

कावासोती,बैशाख ६-

नेपालको खानीमा पाइने फलाम काम लाग्ने रहेको रिपोर्टले खुलाएको छ। सरकार र निजी क्षेत्रको सहकार्यमा सञ्चालन तयारी गरिएको खानीको फलाम काम लाग्ने चीनको जियोलजिकल सर्भेको रिपोर्टले देखाएको हो। एक सय केजी कच्चा फलामबाट ३९ केजीसम्म पिग (क्रुड) आइरन बनाउन सकिने रिपोर्टमा उल्लेख छ। विभागले गत असारमा नमुना परीक्षणका लागि १३ सय टन कच्चा फलाम चीन पठाएको थियो। विभागले चीनको छेन्दुस्थित सिचुवान इन्स्टिट्युट अफ मेटालजिकल जिओलोजी एण्ड एक्स्प्लोरेसन कम्पनीमा नमुना पठाएको थियो। धौवादी फलाम खानीको ‘इन्डस्ट्रियल स्केल’ परीक्षणबाट औद्योगिक रूपमा फलामको उत्खनन गर्न सकिने प्रमाणित भएको हो।

परीक्षणको नतिजा सकारात्मक आएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए। रिपोर्ट अनुसार एक सय केजी कच्चा पदार्थबाट ३९ केजीसम्म पिग आइरन निकाल्न सकिने देखिएको छ,उनले भने।

नेपालको खानी अझैसम्म उपयोगमा छैन। विस्तृत अनुसन्धान गरेर उपयोगमा ल्याउनुपर्ने आवाज उठ्दै आएको छ। यसका लागि सरकारले २०७६ पुसमा धौवादी फलाम कम्पनी लिमिटेड गठन पनि गरिसकेको छ। तर, नमुना झिकेर परीक्षणका लागि पठाउनेबाहेक खानीबाट कसरी झिक्ने र प्रशोधन गर्ने भन्नेबारे कार्ययोजना तयार पारिसकेको छैन। खानीको फलाम काम लाग्ने रिपोर्ट आएपछि भने सरकारी अधिकारीहरूमा चासो बढेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>