प्रदेश १
झापामा जुवाडे पक्राउ
०
दमक, २४ चैत-
जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जुवाडेलाई पक्राउ गरेको छ । गौरादह नगरपालिका– ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो । सो सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























