नवलपुर

नेकपा (ओली समूह) गैँडाकोटको संयोजकको जिम्मेवारी नेता कंडेललाई

Banner

गैडाकोट,माघ २०-

नेपाल कम्युनिष्ट पार्टी (ओली समूह) गैँडाकोट नगरकमिटीको संयोजकमा युवा नेता नवराज कंडेल चयन हुनुभएको छ । आज (मंगलबार) गैडाकोटमा आयोजित भेला मार्फत कंडेललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

यस्तै कमिटीको सहसंयोजकमा विमल चापागाई र सचिवमा खेमनारायण लम्साल चयन हुनुभएको छ । पार्टीका गतिविधिलाई चलायमान बनाउन तीन जनालाई जिम्मेवारी प्रदान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरकमिटी घोषणा गरिएको हो । सो अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले नगर कमिटीको संयोजक, सह–संयोजक र सचिवको जिम्मेबारी कुशलतापूर्वक पुरा गर्दै सबैलाई समेटेर अगाडी बढ्न आग्रह गर्नुभयो । नेकपा गैँडाकोटका अध्यक्ष र सचिव प्रचण्ड समूहमा लागेपछि ओली समूूहले पार्टीलाई चलायमान बनाउन आक्रामक रुपमा संगठनका गतिविधि अगाडि बढाउँदै लगेको छ । संयोजक कंडेल गैँडाकोट नगरपालिका वठा नं. ५ का निर्वाचित वडा अध्यक्ष हुन । ओली निकटका उनि युवाहरुमाझ लोकप्रिय नेता मानिन्छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>