Breaking News

नवलपुरको कावासोतीमा मोटरसाईकल दुर्घटना,दुई जनाको मृत्यु

Banner

कावासोती,माघ १०-

नवलपुरको कावासोती ८ खर्कटा जंगलमा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार गएराति उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जनाको निधन भएको हो ।

दुर्घटनामा परी कावासोती ३ निवासी २४ बर्षीय हेमराज थापा र कावासोती ८ निवासी २६ बर्षीय सुनिल जैसवालको निधन भएको हो । दुर्घटना परी गम्भीर घाईते दुवैलाई प्रहरीले उद्दार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>