अन्तर्राष्ट्रिय

बाइडनको शपथग्रहण अघि हिंसात्मक प्रदर्शन हुन सक्ने,अमेरिकामा उच्च सतर्कता अपनाईदैं

Banner

काठमाडौं, माघ ४ –

डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै राज्यमा उच्च सतर्कता अपनाइएको छ ।

रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले यही जनवरी २० शपथ ग्रहण गर्दैछन् ।

बीबीसीले उल्लेख गरे अनुसार ६ जनवरीमा अमेरिकी संसद क्यापिटल हिलमा जस्तै हिंसा ट्रम्पका समर्थकहरुले फैलाउन सक्ने आशंकामा देशभर सुरक्षा सतर्कता अपनाइएको छ । एफबीआईले सबै ५० राज्यका राजधानीमा ट्रम्प समर्थक प्रदर्शनकारीहरुले सशस्त्र मार्च गर्न सक्ने चेतावनी जारी गरेको हो ।

देशभरबाट नेशनल गार्डको टोलीलाई राजधानी वाशिङ्टन डिसीमा पठाइएको छ । डिसीमा नेशनल मलहरुलाई बन्द गरिएको छ भने कडा सुरक्षाका बीच राजधानीका सडकमा बारहरु लगाइएको छ । बाइडन पक्षले अमेरिकीहरुलाई कोरोना संक्रमणबाट जोडिन राजधानीको यात्रा नगर्न भनेको छ । यसैगरी स्थानीय अधिकारीहरुले बाइडनको शपथ ग्रहण समारोह आआफ्नो घरमै बसेर हेर्न अपील गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>