अन्तर्राष्ट्रिय

जापानको कुमामोतो भूकम्पमा मृत्यु हुनेको संख्या ३० पुग्यो

Banner

काठमाडौं, साउन १४-

जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । जापानकी प्रधानमन्त्री साने ताकाइचीले बिहीबार सरकारको आपत्कालीन विपद् व्यवस्थापन मुख्यालयको बैठकमा उक्त जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री ताकाइचीका अनुसार बिहीबार दिउँसो १२ः३० बजेसम्म मृत्यु हुनेको संख्या ३० पुगेको हो । तर, उक्त संख्यामध्ये केहीको मृत्यु भूकम्पसँग प्रत्यक्ष सम्बन्धित भए–नभएकोबारे अनुसन्धान भइरहेको छ ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मंगलबार अपराह्न ४ः२७ बजे (१९ः२७ जीएमटी) कुमामोतो प्रिफेक्चरमा ७।१ म्याग्निच्युडको भूकम्प गएको थियो । करिब १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको उक्त भूकम्पले दक्षिणपश्चिम जापानको सो क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य अझै जारी रहेको छ । अधिकारीहरूले क्षतिको विस्तृत मूल्यांकन गर्दै प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्रता दिएका छन् । सीसीटीभी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>