राजनीति

संवाद र समन्वयले तराई–मधेसमा तनाव मत्थर हुँदै

Banner

काठमाडौं, साउन १५-
सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जबाट सुरु भएको हिंसात्मक घटनाले तराई–मधेसका विभिन्न जिल्लामा तनाव फैलाएपछि सरकार अहिले ‘सुरक्षा, संवाद र समन्वय’लाई समानान्तर रूपमा अघि बढाउँदै द्वन्द्व न्यूनीकरणको प्रयासमा जुटेको छ। गृहमन्त्री सुधन गुरुङ स्वयं प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग संवाद गरिरहेका छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखेका छन्।

सरकारले बल प्रयोगभन्दा संवादलाई प्राथमिकता दिँदै स्थानीय समुदाय, राजनीतिक दल, धार्मिक अगुवा र सुरक्षा निकायबीच समन्वय बढाएकाले बिहीबारको तुलनामा शुक्रबार तराई–मधेसको अवस्था तुलनात्मक रूपमा शान्त देखिएको सुरक्षा अधिकारीहरूको भनाइ छ। गृहमन्त्री सुधन गुरुङ बिहीबार नै सुनसरी पुगेका थिए। उनले देवानगञ्ज घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेटवार्ता गरी सहमति जुटाउनुका साथै घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। त्यसपछि उनी थप समन्वयका लागि सिरहा पुगेका छन्।

स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायका प्रतिनिधिबीच विश्वासको वातावरण निर्माण गरी तनाव नियन्त्रणमा ल्याउने प्रयासमा गृहमन्त्री निरन्तर सक्रिय रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>