मौसम

आजको मौसम: आंशिकदेखि सामान्य बदलीको सम्भावना

Banner

काठमाडौँ माघ १ –

देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले देशको पहाडी भू–भागमा आंशिक बदली छ भने तराईमा हल्का हुस्सु–कुहिरो लागेको छ ।

बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भू–भागमा आंशिक बदली हुनेछ ।देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>