नवलपुर

मध्यविन्दुका युवाहरुले पाउने भए सहुलियतमा कर्जा

Banner

नवलपुर, पुस २५–

नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका भित्रका बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता भएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको युवा स्वरोजगार कार्यक्रम सञ्चालनका लागि मध्यविन्दु नगरपालिका र कृषि विकाश बैंकबीच द्धिपक्षिय सम्झौता भएको हो । मध्यविन्दु नगरपालिकाको सातौं नगर सभाबाट पारित चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम एवं बजेटमा वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रमको लागि १ करोड ५० लाख रकम विनियोजन गरेकोमा सो रकम कृषि विकास बैंकमा जमानिको रुपमा राखि यस वर्ष ३ करोड बराबरको ऋण प्रवाह गरिने सम्झौता भएको छ ।

यो कार्यक्रम मार्फत वैदेशिक रोजगारीबाट फर्किएका एवं स्वदेशमै केहि उद्यम गर्न चाहने युवाहरुलाई सहुलियत रुपमा ऋण उपलव्ध गराइने मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले बताउनुभयो । कृषि विकास बैंकमा मध्यविन्दु नगरपालिकाले १ कारोड ५० लाख रकम धरौटी बापत जम्मा गरेको छ भने बैंकले पनि सोहि बराबरको रकम जम्मा गरेर ३ करोड पुर्‍याइएको नगर प्रमुख रानाले बताउनुभयो ।

यस कार्यक्रम मार्फत न्यूनतम ५० हजारदेखि १५ लाखसम्म ऋण पाउने नगर प्रमुख रानाले बताउनुभयो । आफ्नै गाउँमा केहि उद्यम गर्न चाहने व्यक्तिहरुका लागि नगरपालिका र बैंक बीच गरिएको समझदारी फलदाइ हुने कृषि विकास बैंकका गण्डकी प्रदेश कार्यालय पोखराका प्रवन्ध निर्देशक रघुनाथ न्यौपानेले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख चन्द्रबहादुर राना, कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका प्रवन्ध निर्देशक रघुनाथ न्यौपाने, मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटा, कृषि विकास बैंक लिमिटेड कावासोती शाखाका प्रमुख भुवनेश्वर पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>