नवलपरासी

नवलपरासीको दाउन्नेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Banner

कावासोती,माघ १४-

पुर्वी नवलपरासीको दाउन्ने बजारमा बुधबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गमको दाउन्ने बजारमा पूर्वबाट पश्चिम जाँदै गरेको ना.३.ख ४०९ नम्बरको ट्रकले सोहि दिशातफै जाँदै गरेको से.६ प ८६७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक कन्चनपुरको पुर्नवास नगरपालिका घर भएका ३३ वर्षका रमेश अर्यालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते अर्यालको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए । दुर्घटना गम्भीर घाईते बर्दघाट नगरपालिका वडा नं ९ पश्चिम नवलपरासी बस्ने तुलसी कंडेल गम्भीर घाइते भएको र उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>