नवलपुर

पत्रकार महासंघ नवलपुरको प्रथम साधारण सभा पुस १८ मा

Banner

चितवन, पुस १५-

नेपाल पत्रकार महासंघ नवलपुर शाखा ( पूर्वी नवलपरासी) को पहिलो साधारण सभा पुस १८ गते आयोजना गरिने भएको छ ।

शाखाले आज प्रेषित गरेको विज्ञप्ति अनुसार जिल्ला विभाजन भइसके पछि पुस १८ गते आफनो पहिलो साधारणसभा गर्ने निर्णय गरेको हो । शाखाको कावासोतीमा सम्पन्न १६ औं बैठकले साधारणसभामा पाँच पुराना पत्रकारहरु होमराज रानाभाट, नारायण शर्मा, होमनाथ जैसी, लालकुमार भट्टराई र भूपेन्द्र शर्मा भट्टराईलाई सम्मान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बैठकले शाखामा रहेर नवलपरासीको पत्रकारितामा क्रियाशील तीन पत्रकारहरु रामकुमार श्रेष्ठ, धनु भुसाल र दयाराम आचार्यलाई यस वर्ष महासंघ क्रियाशिल पत्रकारिता पुरुस्कार दिने निर्णय पनि गरेको छ । यसैगरी नवलपरासी शाखाका संस्थापक सहसचिव विष्णुदेवी पाण्डे र संस्थापक सल्लाहाकार गोविदराज विनोदीलाई सम्मान गर्ने निर्णय भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
बैठकले यस पटक कोरोना भाइरसको उच्च जोखिमका कारण सामाजिक दूरी कायम गर्दै साधारणसभा गर्ने निर्णय गरेकाले महासंघका सबै सदस्यहरुलाई पुस १८ गते बिहान ८ बजे कावासोती १२ स्थित राजमन्दिरको पिकनिक स्पोर्टमा समयमै उपस्थितिका लागि अनुरोध पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>