Breaking News

प्रधानमन्त्री ओलीको समर्थनमा कावासोतीमा प्रर्दशन

Banner

कावासोती, पुस १२-

नेपाल कम्युनिस्ट पार्टीका युवा नेता एवम् गण्डकी प्रदेश सांसद राजिव पहारीले माधव नेपाल र प्रचण्डको व्यक्तिगत चाहना पूरा नभएको कुण्ठाका कारण पार्टीले वर्तमान अवस्था भोग्नु परेको बताएका छन् ।

उनले आज कावासोतीमा युवा विद्यार्थीले निकालेको र्‍यालीपछिको कोण सभामा बोल्दै सो बताएका हुन् । माधव–प्रचण्डको अहिलेको मिलन पानी र तेलको जस्तो भएको युवा नेता पहारीको टिप्पणी थियो । ‘भाडाको माथि तेल छ, प्रयोग गरौ गाडी चल्दैन , तल पानी छ, पिउन मिल्दैन’ यस्तो गठबन्धनको कुनै औचित्य नभएको उनले ठोकुवा गरे । मूल नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व रहेको हुँदा उनीहरु ढिलो चाडो पार्टीमा फर्किने बताए ।

कोणसभामा अर्का प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले प्रधानमन्त्रीले निर्वाचन घोषणा गरिसकेकाले प्रतिनिधि सभाको निर्वाचनमा सबै लाग्नुपर्ने बताए । सरकारलाई आफ्नै पार्टीका नेताहरुले घेराबन्दी गरेपछि ताजा जनादेशमा जानु जनताको र राष्ट्रको हित भएको छ । उनले भने ‘ राष्ट्रिय दायित्व पुरा गर्दा सरकार माथि प्रहार भयो । ’

कार्यक्रममा राष्ट्रिय युवा संघका नेता किरण पौडेलले नेपालको नक्सामा छुटेको भूमिसहितको चुच्चे नक्सा प्रकाशन गरेपछि आत्तिएका शक्ति केन्द्रको कारण राष्ट्रवादी नेतृत्व माथि प्रहार भएको बताए । नेकपाका नेता दीपक अधिकारीले समेत सो अबसरमा सरकारको कदम ताजा जनादेश भएको बताएका छन् । प्रधानमन्त्री ओलीको समर्थनमा फिल्म हल चोकदेखि सुरु भएको प्रदर्शन सभापति चोक हुँदै थाना चोकसम्म पुगेर कोण सभामा परिणत भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>