Breaking News
पुस १४ गते प्रचण्ड–माधव समूहले देशभर प्रदर्शन गर्ने
०

काठमाडौं, पुस ९–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले देशभर प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय समेत गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिदेखि नै काठमाडमाडौंमा आन्दोलन सुरुवात गरिने जानकारी दिए । उनले भने–‘काठमाडौंमा भोलिदेखि नै आन्दोलन सुरु हुन्छ, पुस १४ गते देशभर प्रदर्शन गर्ने निर्णय भएको छ ।’
उनका अनुसार काठमाडौंमा मुख्य प्रदर्शन हुनेछ । यसका लागि बाग्मती प्रदेशका भने सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिनेछ ।
आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























