Breaking News

ओली समूहको नाराबाजीपछि गैँडाकोटमा प्रचण्ड–माधव गुटको भेला बिथोलियो

Banner

गैँडाकोट, पुस ८-

गैँडाकोट नगरपालिकामा प्रचण्ड–माधव नेपाल समूहले राखेको गुटको भेला ओली पक्षीय कार्यकर्ताले बिथोलेका छन् ।

नेकपा गैँडाकोट नगर कमिटीले फेम्ली पार्टी प्यालेसमा गरेको कार्यकता भेला ओली पक्षीय कार्यकर्ताले बिथोलेका हुन् । नगरकमिटी ले आयोजना गरेको भनिए पनि कार्यक्रममा अधिकांश प्रचण्ड र माधवकुमार नेपाल पक्षीय नेता कार्यकर्ता मात्रै सहभागी गराइएको थियो ।

नेकपा नवलपुरका सचिव मित्रशरण शर्माले पार्टी केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु रोष्टममा पुुगेर सुनाउने बित्तिकै लफडा सुरु भएको बताए । केन्द्रीय कमिटी बैठकले गरेका निर्णय भन्दै प्रचण्ड गुटको निर्णय सुनाउन थालेपछि कार्यक्रम बिथोलिन पुग्यो । सौहार्दरुपमा चलिरहेको कार्यक्रममा पूर्वमाओवादीका नेता शर्माले पार्टी केन्द्रीय कमिटीको निर्णय भनेर सुनाउन थालेपछि बैठक बिथोलिएको नेकपा नेता गिरीराज उपाध्यायले नारायणी अनलाइनलाई बताए ।

कार्यक्रममा ओली समूहका नेता तथा कार्यकर्ताले गुुटको भेला बन्द गर, नेकपा जिन्दावाद भन्दै चर्का नाराबाजी गरेका थिए । प्रमुख अतिथिका रुपमा रहेका माधव कुमार नेपाल गुटका नेता कृष्ण पौडेलले हतार हतारमा केही भनाइ राखेर कार्यक्रम सके ।

अध्यक्षता गरेका नेकपा गैँडाकोटका अध्यक्ष षडानन्द लामिछानले भुलबस कमजोरी भएको प्रतिक्रिया दिए । नेकपा गैँडाकोटको आयोजना भनेर ब्यानर टागिए पनि कार्यक्रममा प्रचण्ड र माधव नेपाल समूहले आफ्ना युवालाई उतारेको थियो । कार्यक्रम स्थलमा पुगेका युवासंघका संयोजक कृष्ण कँडेलले पार्टीको आवरणमा गुटको भेला गरिएको भन्दै त्यसको प्रतिरोध गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>