Breaking News

प्रधानमन्त्रीको राजीनामा माग्ने नैतिक अधिकार प्रचण्ड र नेपालसंग छैनः महेश बस्नेत

Banner

गैडाकोट,पुस ५-

नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता महेश बस्नेतले सरकारविरूद्ध भ्रम फैलाउनेलाई ‘तह लगाउन’ टोल–टोलमा साइबर सेना गठन गर्न युवाहरूलाई निर्देशन दिएका छन्। नवलपुरको गैंंडाकोटमा शनिबार दिउँसो युवाहरूको भेलालाई सम्बोधन गर्दै युवा संघ नेपालका इन्चार्जसमेत रहेका बस्नेतले साइबर सेना बनाएर सरकारको प्रतिरक्षा गर्न निर्देशन दिएका हुन्।

विपक्षीहरूले सरकारविरूद्ध नियोजित रूपमा भ्रम फैलाएको आरोप उनको थियो। पूर्वउद्योगमन्त्री बस्नेतले योजनावद्ध रूपमा सामाजिक सञ्जालमा सरकारको बद्नाम भैरहेको दाबी गरे। सरकारले विकास र सुशासनका लागि काम गरिरहेको अवस्थामा त्यसविरूद्ध प्रतिपक्षी दलहरूबाट गलत प्रचारबाजी भइरहेको बस्नेतको जिकिर छ। सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरूलाई जनताका माझमा लैजान युवाहरूले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

पाँच वर्षसम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ भनेर संसदमा वकालत गर्ने पार्टीका नेताहरूले नै राजीनामा माग गरिरहेको भन्दै बस्नेतले अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल कोहीसँग पनि प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नैतिक अधिकार नभएको बताए। पार्टीभित्र अनेक दाउपेच र कुण्ठाका श्रृंखलाहरू देखिएको भन्दै उनले त्यो कसैको हितमा नभएको प्रष्ट पारे। आगामी महाधिवेशनसम्म बहुमत या अल्पमतको नाममा छिनोफानो नगर्ने निर्णय प्रचण्ड र ओलीबीच भएको उनको दाबी थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>