नवलपुर

नारायणीमा पौडी खेल्नेक्रममा एक जना बेपत्ता

Banner

कावासोती , कात्तिक २२-

नवलपरासी पूर्व (नवलपुरको) गैँडाकोट नगरपालिका–१० स्थित नारायणी नदीमा पौडी खेल्नेक्रममा शनिबार एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका–३ बस्ने २४ वर्षका दिपक विक हुनुहुन्छ । बेपत्ता हुनुभएका दिपक गैँडाकोट–१० स्थित दुबोर्ग बियर फ्याक्ट्रीमा खाली बोतलहरु लिएर काठमाडौं देखि आएको ना ३ ख ६८९८ नम्बरको ट्रक चालक (सानीमाको छोरासँग ) घुम्न भनी सँगै आउनुभएको थियो । अन्य पाँच जना साथीहरु मिलेर नारायणीमा नुहाउनेक्रममा दिपक बेपत्ता हुनुभएको हो । दिपक बेपत्ता भएपछि साथीहरुले इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरेपछि प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>