नवलपुर

कोरोना देखिएपछि कावासोती नगरपालिकाको सेवा सात दिन बन्द

०
Banner

कावासोती, कात्तिक २०–

नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिकाका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कावासोती नगरपालिकाको काम कारवाही सात दिनको लागि बन्द गरिएको छ ।

बिहिबारदेखि आउँदो २६ गतेसम्मका लागि नगरपालिकाको कार्यालय बन्द गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रशाशकीय अधिकृत पुरीद्धारा जारी सुचनामा कात्तिक २० गतेदेखि २६ गतेसम्मका लागि नगरपालिकाको कार्यालय बन्द रहने तर वडा कार्यालयबाट प्रवाह हुने सेवा र स्वास्थ्य संस्थाबाट हुने सेवा भने बन्द नरहने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>