नवलपुर

नवलपुरको बुलिङटारमा भीरबाट खसेर एकजनाको मृत्यु

Banner

कावासोती, कात्तिक १९-

नवलपरासी पूर्व (नवलपुरको) बुलिङटार गाउँपालिकामा भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नम्बर ५ लपाक बस्ने ३१ वर्षकी पिहिसरा सार्की रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक सार्की बुधबार बिहान सवा ६ बजेतिर लापाकको भिरमा घाँस काट्न जानुभएको थियो । अबेरसम्म पनि उहाँ घर नआएपछि उहाँका आफन्तले खोजी गर्नेक्रममा भिरबाट २५ मिटर तल खसि मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>