नवलपुर

गैंडाकोटका मेयर छत्रराज पौडेललाई कोरोना संक्रमण पुष्टि

Banner

गैडाकोट,कार्तिक १७-

गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेललाई कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणबाट उहाँलाई कोरोना पुष्टि भएको हो । उहाँको यही १५ गते स्वाब संकलन गरिएको थियो । पौडेललाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि स्वाब संकलन गरिएको थियो । अहिले आफ्नो अवस्था सामान्य रहेको मेयर पौडेलले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषालले नगर प्रमुख पौडेलको सम्पर्कमा आउनुभएका जनप्रतिनिधी, नगरवासी एवं कर्मचारीहरुलाई थप सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>