नवलपुर

नवलपुरमा शिशुलाई जङ्गलमा लगेर फाल्ने दुई जना पक्राउ

Banner

नवलपुर,कार्तिक १७-

शिशुलाई जङ्गलमा लगेर फाल्ने दुई जना आज पक्राउ परेका छन् । कात्तिक ४ गते दिउँसो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–४ स्थित चुवा खोल्सा जङ्गलमा सालनालसहितको शिशु फाल्ने महिला तथा पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

जङ्गलमा नाभी नकाटेको अवस्थामा मृत शिशु भेटिएपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा हुप्सेकोट–४ शङ्खदेवकी ३९ वर्षीया पुनीसरा गाहा र ४२ वर्षीय टकबहादुर घर्ती मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी विशाल तामाङले जानकारी दिनुभयो ।

पक्राउ परेका दूवैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरअन्तर्गत नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तामाङको भनाइ छ । महिलाको अर्कै पुरुषसँगको सम्बन्धपछि बच्चा जन्मिकाले उनीहरुले जङ्गलमा लगेर नवजात शिशुलाई फालेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>