समाचार

काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो

Banner

काठमाडौं, कार्तिक २-

कोरोनाभाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा ५३ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुगेको हो ।

तीमध्ये पनि काठमाडौं जिल्लाका मात्रै ४३ हजार ३०६ जना छन् । यसैगरी ललितपुरमा ६ हजार ९० र भक्तपुरमा ४ हजार २९० जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा छ ।

तर संक्रमितमध्ये हालसम्म २५ हजार ९७४ जना निको भएका छन् भने १ सय ५६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल काठमाडौंमा १७ हजार १७६ सक्रिय संक्रमित छन् ।

यस्तै ललितपुरमा संक्रमितमध्ये ३ हजार ३५० जना निको भएका छन् भने ४७ जनाको मृत्यु भएको छ । ललितपुरमा अहिले सक्रिय संक्रमित २ हजार ६९३ जना छन् ।

मन्त्रालयका अनुसार भक्तपुरमा संक्रमितमध्ये ३ हजार ३७ जना निको भइसकेका छन् भने ३९ जनाको मृत्यु भएको छ । हाल भक्तपुरमा १ हजार २१४ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मात्रै काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जना संक्रमित थपिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>