चितवन विशेष

टेलिसिरियल ‘भाइरल भोटे’को शुभमुहूर्त, चितवनको शक्तिखोरबाट छायांकन सुरु

Banner

चितवन, साउन ७ –

अर्गानिक मिडियाको प्रस्तुतिमा निर्माण हुन लागेको नयाँ नेपाली टेलिसिरियल ‘भाइरल भोटे’ को शुभमुहूर्त बिहीबार बिहान चितवनको भरतपुर–९ स्थित प्रसिद्ध धार्मिकस्थल बनदेवी मन्दिरमा सम्पन्न भएको छ। शुभमुहूर्तसँगै सिरियलको औपचारिक छायांकन चितवनको कालिका नगरपालिका–११ शक्तिखोरस्थित सिन्ती झरनाबाट सुरु गरिएको छ।

टेलिसिरियलमा चितवनका कलाकार विशाल श्रेष्ठ (धर्तीपुत्र) को लेखन तथा निर्माण रहनेछ भने निर्देशन पिताम्बर आचार्य (साधुराम) ले गर्नेछन्। क्यामेरामा दिपक पौडेल, सम्पादन तथा नृत्य निर्देशनमा सुमित लामा रहने निर्माण पक्षले जनाएको छ।

शुभमुहूर्त कार्यक्रममा नेपाली चलचित्र तथा टेलिसिरियल क्षेत्रसँग आबद्ध विभिन्न कलाकार, निर्देशक, प्राविधिक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ टेलिसिरियलको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली मौलिक कथावस्तुमा आधारित सिर्जनाले दर्शकमाझ राम्रो स्थान बनाउने विश्वास व्यक्त गरेका थिए।

निर्माता तथा लेखक विशाल श्रेष्ठ (धर्तीपुत्र) का अनुसार सिरियलका अधिकांश दृश्य चितवनका विभिन्न स्थानमा छायांकन गरिनेछ भने केही दृश्य चितवन बाहिर पनि खिचिनेछन्। टेलिसिरियल आगामी भदौ १ गतेदेखि अर्गानिक मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत प्रसारण गरिने तयारी गरिएको छ।

निर्माण टिमले ‘भाइरल भोटे’ नेपाली समाजका समसामयिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>