देश/प्रदेश

सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप

Banner

काठमाडौँ, साउन ७-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीको कारण मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाले सरकार जनादेशको पालना नगरी उल्टै बाटोमा हिँडेको भन्दै चर्को आलोचना गर्नुभयो । उहाँले संविधान निर्माणमा भुमिका खेलेका प्रमुख राजनीतिक दलहरूले संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणप्रति आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति झुट, गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रघाती भएको टिप्पणी पनि गर्नुभयो । उहाँले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री साहले आत्मालोचना नगरेको तथा सत्तारुढ दलकै नेताहरूले त्यसलाई समर्थन र प्रमाणित गर्न खोजेको विषयमा अझै गम्भीर र सोचनीय रहेको बताउनु भयो । उहाँले सरकारले समाजलाई विभाजित गर्दै राज्य फाँसीवादउन्मुख दिशातर्फ अगाडि बढेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले संविधान संशोधनको नाममा लोकतान्त्रिक व्यवस्था र संविधानको मूल्यमान्यता नै सिध्याउने गरि अघि बढिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणको लागि संविधान निर्माणमा भुमिका खेल्ने मुख्य दलहरुको भुमिका र दायित्वको विषयमाा हामीले गम्भीरतापूर्वक सोचेर अघि बढ्न्पर्ने बेला भएको छ । किनभने अहिले नेपालमा दुई वटा गम्भीर संकट र खतरा उत्पन्न भएको छ । एउटा, नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा पैदा भइराखेको छ । राष्ट्रिय स्वाधिनतामाथि संकटको स्थिति उत्पन्न भइराखेको छ । देशको प्रधानमन्त्रीले नै संसदको रोस्ट्रममा उभिएर नेपालले अर्को देशको भूमि धेरै ठाउँमा मिचेको छ भनेर सरासर झुट कुरा गर्छ र यो गैरजिम्मेवार, आपत्तिजनक, राष्ट्रघाती, घातक अभिव्यक्तिको बारेमा अहिलेसम्म आत्मालोचना गरिएको छैन । यो गम्भीर कुरा हो । सत्तारुढ पार्टीका सांसद र नेताहरु त्यसै अभिव्यक्तिप्रति समर्थन गर्दै ताली ठोक्छन् र त्यस पछाडि नेपालले भारतको भूमि कहाँकहाँ मिचेको छ रु भनेर प्रमाण खोज्दै हिँडिरहेका छन् । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा, नेपालको राष्ट्रिय स्वाधिनताको आन्दोलनको इतिहासमा, नेपाली समाजलाई यति घातक ढङ्गले राष्ट्रिय स्वाधिनताको सवालमा विभाजित गर्ने काम कहिल्यै भएको थिएन, त्यसकारण गम्भीर संकट उत्पन्न भएको छ । यसले फाँसीवादउन्मुख दिशातिर राज्यलाई लैजान खोजिएको छ भने अर्कोतिर राष्ट्रघातको दिशातिर देशलाई अगाडि बढाउन खोजिँदै छ । फाँसीवाद खाली निरङ्कुश तन्त्र मात्रै होइन, फाँसीवाद सरकारले गरेको राष्ट्रघात र गलत कामकारवाहीको पक्षमा उभिने गरी तयार गर्ने र राज्यलाई त्यसको बल प्राप्त हुने स्थितिले फाँसीवाद पैदा गर्छ । नेपाल त्यसकारण फाँसीवादतिर उन्मुख हुँदै गइरहेको छ ।’

उहाँले राष्ट्रिय स्वाधिनता र व्यवस्थाको रक्षाको लागि सबै देशझक्त, बामपन्थीहरु एकीकृत हुन आवश्यक रहेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>