अन्तर्राष्ट्रिय

प्रेमिकाको अन्तै मगनी भएपछि अन्तिमपल्ट भेट्न बोलाएर हत्या

Banner

भारत,साउन ३-

भारत महाराष्ट्रको नासिकमा एक युवकको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । यहाँ एक युवकले आफ्नी पूर्व प्रेमिकाको इन्गेजमेन्ट भएकोमा रिसाएर उनको हत्या गरेका छन् । हत्या भइरहेका बेला युवतीका नव दुलहा फोनमै थिए । हत्याराले उनलाई भने, ‘वैशू इज फिनिस्ड’ (वैशू सकिइन्)। त्यसपछि घटना प्रहरीसम्म पुग्यो र प्रहरीले आरोपीको खोजी सुरु गर्‍यो । तर घटनास्थलबाट करिब दुई किलोमिटर टाढा आरोपीको शव पनि झुण्डिएको अवस्थामा फेला परेको छ ।

प्रहरीका अनुसार यो घटना शुक्रबार रातिको हो । आरोपी साहिलले अन्तिम पटक भेट्ने बहानामा मृतक युवतीलाई बोलाएका थिए । सबै कुरा समाप्त गर्ने उद्देश्यले युवती उनीसँग भेट्न गएकी थिइन् । तर जानुअघि उनले आफ्ना नव दुलहालाई फोन गरेर साहिल भेट्न आउँदै गरेको जानकारी दिएकी थिइन् र आफूलाई भेट्न आउन पनि भनेकी थिइन् । नव दुलाहा पनि आफ्नो काम छाडेर उनलाई भेट्न निस्किएका थिए ।

प्रहरी अधिकारीका अनुसार वनसम्पदा गार्डन क्षेत्रमा आरोपी र युवतीको भेट भयो । त्यहाँ उनीहरूबीच करिब ३० मिनेटसम्म विवाद भएको थियो । यो अवधिभर युवतीका मंगेतर लगातार फोनमा जोडिएका थि ए। अन्ततः रिसको आवेगमा साहिलले धारिलो चक्कुले युवतीमाथि पटक–पटक प्रहार गरे र उनको घाँटी रेटिदिए । त्यसपछि युवती घटनास्थलमै ढलेर उनको मृत्यु भयो ।

घटनास्थलबाट भाग्नुअघि आरोपीले फोनमा रहेका हुनेवाला दुलाहालाई युवतीको मृत्यु भएको जानकारी दिए । उनले भने, ‘वैशू इज फिनिस्ड ।’ यति भनेपछि उनी त्यहाँबाट भागे । प्रहरीले जानकारी पाएपछि घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्‍यो र आरोपीको खोजी थाल्यो । तर केही समयपछि घटनास्थलबाट करिब दुई किलोमिटर टाढा साहिलको शव पनि झुण्डिएको अवस्थामा फेला पर्‍यो ।

प्रहरीका अनुसार युवतीलाई साहिलको रिस र आक्रोशबारे जानकारी थियो । त्यसैले उनले आफूले विवाह गर्न लागेको कुरा साहिललाई बताएकी थिइनन्। अहिले प्रहरीले साहिललाई युवतीको विवाह हुन लागेको जानकारी कसले दिएको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>