समाचार

विशेष सुराकीको आधारमा २२ क्विन्टल बढी मटर बरामद

Banner

जलेश्वर, कात्तिक २-

नेपालबाट भारततर्फ अवैधरूपमा चोरी तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर गए राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको सीमानाकामा अवस्थित मनरासिस्वा नगरपालिका–१० मरुवाही गाउँमा सञ्चालित रामजानकी जेनरल स्टोर्समा ९० वटा बोरामा राखिएको २२ क्विन्टल ५०० किलोग्राम मटर बरामद गरिएको हो ।

ठूलो मात्रामा मटर तस्करी हुने योजना रहेको विशेष सुराकीको आधारमा प्रदेश नं २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो जेनरल स्टोर्समा गए राति छापा मार्दा साढे २२ क्विन्टल मटर बरामद गरिएको जनाइएको छ । बरामद मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>