समाचार

पूर्व राजा शाहले याे दसैँमा शक्तिपिठहरुको दर्शन नगर्ने, शुभेच्छुकलाई पनि टीका नलगाउने

Banner

काठमाडौँ, कात्तिक १–

यस वर्षको दसैँमा पूर्वराजा ज्ञानेन्द्र शाहले शक्तिपिठहरुको दर्शन नगर्ने भएका छन् ।

पूर्वराजा शाहले हरेक वर्ष विजयादशमी अन्तर्गत महाअष्टमीका दिन विभिन्न शक्तिपिठहरुको दर्शन गर्ने गरेका थिए भने दसैँका दिन सर्वसाधारणलाई टीका जमरा लगाउने गरेका थिए ।

पूर्व राजा शाहले कोरोनाको असहजताका स्थितिमा आस्था, मान्यता, मर्यादा र कत्र्वव्यशिलतालाई कायम राख्दै दसैँ पर्व शान्त शालीनता र सादगीका रुपमा मनाउने निधो गरेको निर्मल निवास सचिवालयले जनाएको छ ।

उनले दसैँका दिन सर्वसाधारण तथा शुभेच्छुकलाई टीका लगाउने कार्यक्रम पनि स्थगित गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>