नवलपुर

कालीगण्डकी नदीमा डुबेर एक बेपत्ता

Banner

नवलपुर, असोज २६–

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार–१ स्थित कालीगण्डकी नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ घर भएका २२ वर्षीय छत्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ ।

नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो । उहाँका अनुसार बेपत्ता भएका शाही कालीगण्डकी करिडोरमा काम गर्ने मजदूर रहेका हुन् ।

घटनालगत्तै प्रहरी र स्थानीयवासीद्वारा कालीगण्डकीको तल्लो तटीय क्षेत्रमा उहाँको खोजी कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक खाँणले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>