नवलपुर

गैडाकोटमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु

Banner

गैडाकोट,असोज ७-

पूर्वी नवलपरासीको गैडाकोटमा बुधबार विहान आफ्नै घरमा काम गर्ने क्रममा घरको छतबाट खेसर एक जनाको मृत्यु भएको छ । घर मर्मत गरिरहेको बेला घरको तेस्रो तल्लाबाट खसेर गैडाकोट ५ भवानी मार्ग निवासी ५१ बर्षीय त्रलोक्यनाथ खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

विहान ७ बजे घरको छतबाट खसेर गम्भीर घाइते भएका खरेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बुधबार १०ः४० मा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>