नवलपुर

गैंडाकोटमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

Banner

गैंडाकोट, भदौ १९–

नवलपरासी पूर्व गैंडाकोट नगरपालिकामा थप १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्ष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीमा थपिएका १७ जना मध्ये १६ जना गैंडाकोटका हुन् भने एक जना देवचुली नगरपालिकाका हुन् ।

गैंडाकोट नगरपालिका–१ का ३ पुरुष र एक महिला गरि चार जना, वडा नंं. ५ का ३ पुरुष र २ महिला गरि पाँच जना, वडा नंं. ४ का एक महिला र एक पुरुष गरि दुई जना, वडा नं.२ का ४ पुरुष र एक महिला गरि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यस्तै एक जना देवचुली नगरपालिका–७ का ३५ वर्षीय पुरुष छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>