नवलपुर

दुम्कौली स्वास्थ्य केन्द्रमा आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द

Banner

नवलपुर, भदौं १३–

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ ।

केन्द्रमा कार्यरत ४६ वर्षीया महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको हो । जिल्लाको देवचुली नगरपालिकास्थित सो केन्द्रमा कार्यरत सबै कर्मचारीको पिसीआर परीक्षण गर्नुपर्ने भएकाले त्यसको नतिजा नआउन्जेल सम्मका लागि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले जानकारी दिनुभयो ।

सेवा बन्द गरेर केन्द्रको निर्मलीकरण गर्ने काम भइरहेको समेत उहाँले बताउनुभयो । पछिल्लो समय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>