नवलपुर

नवलपरासीको हुप्सेकोटमा प्रहरी चौकी स्थापना

Banner

ज्ञानु पंगेनी,

नवलपुर,भदौं १२

नवलपुरको हुप्सेकाट गाउँपालिकामा प्रहरी चौकी स्थापना गरिएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ झ्यालबासमा साविकका देउराली गाविसको भवनमा प्रहरी चौकी स्थपना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

हुप्सेकोट गाउँपालिका अधिकाश पहाडी क्षेत्रमा पर्दछ । हुप्सेकाट गाउपालिका वडा नम्बर ५ को धौवादीमा ईलाका प्रहरी कार्यालय रहेको छ । उक्त प्रहरी कार्यालयले सोहि क्षेत्रको सुरक्षा हेर्दै आएको छ । अहिले गाउँपालिकाको कार्यालय भएको झ्यालबास आसपासको क्षेत्रलाई लक्षितगरि प्रहरी चौकी स्थापना गरिएको हो । गाउँपालिका आसपासमा विभिन्न समयमा आपराधिक कृयाकलाप हुँदै आएकाले त्यस्ता कृयाकलापको नियन्त्रण गरि गाउँको शान्ति सुव्यवस्था कायम गर्नका लागि चौकीको स्थापना गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो ।
गाउँपालिकामा जनसंख्याको दर समेत वृद्धि हुँदै गएको तथा कतिपय बेला तुरुन्त प्रहरी अउनुपर्ने भए पनि जिल्ला प्रहरी कार्यालयबाट समयमा पुग्न नसक्दा अप्रिय घटना हुने गरेकाले चौकी नभै नहुने अवस्था रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

यहाँका स्थानीयले समेत गाउँपालिका स्थापना भएदेखि नै प्रहरी चौकीको माग गर्दै आएका थिए । स्थानीयको मागलाई सम्बन्धित निकाय समक्ष पहिलेदेखि नै राखेकाले अहिले चौकी स्थापना गर्न सफल भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

गत वर्ष २०७६ असोज ७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद) को बैठकले हुप्सेकोट गाउँपालिकामा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरि दरवन्दी कामय गरेको थियो । जनशक्ति अभावमा केन्द्रबाट प्रहरी नपठाएको र अहिले प्रहरी पठाएकाले ढिलो गरि चौकी स्थापना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख दिपक रेग्मीले जानकारी दिनुभयो ।

प्रहरी सहायक निरीक्षक शिवराम केसीको कमाण्डमा अहिले यहाँ प्रहरी खटाइएको छ । हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा, हुप्सेकोट गाउँपालिकााकाका वडा अध्यक्षहरु तथा स्थानीयको सहभागितामा प्रहरी चौकी स्थापना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>