Breaking News

मध्यविन्दु जिल्ला अस्पताल डण्डामा अत्यावश्यक बाहेकका सेवा बन्द

Banner

नवलपुर,भदौं ६-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार गराइरहेका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

अस्पतालमा यही भदौ २ गते उपचारका लागि आएका कावासोती नपा–१६ का ४० वर्षीय पुरुषमा भदौ ५ गते कोरोना सङ्क्रमण देखिएपछि अस्पतालले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिलराज गौतमका अनुसार ती पुरुषको भदौ ३ गते ‘न्याजोफ्यारिन्जियल’ स्वाब सङ्कलन गरी पठाइएकामा सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन कक्षमा उपचारका लागि राखिएको छ ।

“सङ्क्रमित बिरामीको सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको केभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पतालसमेत निर्मलीकरण गर्नुपर्ने भएकाले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो”, उहाँले भन्नुभयो । बिरामीको सम्पर्कमा आएका कर्मचारीको यही भदौ ८ गते स्वाब सङ्कलन गरी परीक्षण गरिने उल्लेख गर्दै डा गौतमले सोको रिपोर्ट प्राप्त नहुँदासम्मका लागि हाल अस्पतालबाट प्रदान गरिँदै आएका अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने जानकारी गराउनुभयो ।

जिल्लामा हालसम्म ३८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा ३३० जना उपचारपछि निको भएर घर गइसकेका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लाका विभिन्न क्वारेन्टिनमा ९६ तथा आइसोलेसनमा ५४ जना रहेका छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>