नवलपुर

गैंडाकोटका तीन जनामा कोरोना संक्रमण पुष्टि

Banner

नवलपुर, भदौं ४–

चितवनसंगको सीमाना जोडिएको नवलपुरको गैंडाकोटमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा गैंडाकोट नगरपालिका–२ र १३ का तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्ये वडा नं.२ का एक ६३ वर्षीय पुरुष र अर्का ३८ वर्षीया महिला रहेका छन् । यस्तै वडा नं.१३ का ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>