नवलपुर

नारायणी नदीमा डुङ्गा डुब्दा एक जना बेपत्ता

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन ३२–

नवलपुरको मध्यविन्दु नगरपालिकास्थित नारायणी नदीमा डुङ्गा डुब्दा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आज (आइतबार) दिउँसो ३ बजेतिरको समयमा मध्यविन्दु नगरपालिका–३, रतनपुरस्थित नारायणी नदी पारीबाट भैँसी चराई डुङ्गांमा चढेर फर्कने क्रममा डुङगा डुब्दा सोही ठाउँ निवासी ६३ वर्षका पशुपति खनाल बेपत्ता भएका हुन् ।

उनीसंगै गएका अन्य ३ जना भने सकुशल रहेको खाँणले बताएका छन् । उनीहरु पौडिएर नदी तरेको प्रहरीले जनाएको छ ।

बेपत्ता खनालको स्थानीय र प्रहरी टोलीले खोजी जारी राखेको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>