नवलपुर

नवलपुरमा भन्सार छलेर ल्याइएका २ सय जोर अवैध जुत्ता बरामद

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन ३०–

नवलपुरको बिनयी त्रिवेणी गाउँपालिकाबाट प्रहरीले दुइ सय जोर अवैध जुत्ता बरामद गरेको छ ।

बिनयी त्रिवेणी गाउँपालिका वडा नं १ स्थित इलाका प्रहरी कार्यालय, दुम्कीवास अगाडी पूर्वपश्चिम राजमार्गमा जाँच गर्दा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख २९६२ नं को बसमा अवैध रुपमा भन्सार छली ल्याइएका जुत्ता बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।

स्पोर्ट सुज १ सय ५५ जोर, छालाका जुत्ता ३५ जोर र बच्चाले लगाउने स्पोर्ट सुज १० जोर गरी २ लाख ६५ हजार ५ सय मूल्य बराबरको दुइ सय जोर जुत्ता बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।
बरामद सामग्री आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिम चलान गरिएको खाँणले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>