नवलपुर

गैंडाकोटका एक युवकमा कोरोना संक्रमण पुष्टि

Banner

नवलपुर, साउन २९–

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका एक युवकमा आज (बिहीबार) कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा गैंडाकोट नगरपालिका–२ का २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

गैंडाकोटका युवकसंगै कास्की, लमजुङ र पर्वतका पनि एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६६० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>