Breaking News

गैडाकोटका मेयर भन्छन्ः बरु पद छाड्न तयार छु, पार्टी भित्रको अपमान सहन्न

Banner

गैडाकोट,साउन २५-

गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले सत्यका लागि पद छाड्न तयार रहेको बताएका छन् । आज गैडाकोटमा विश्व आदिबासी जनजाती दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख पौडेलले आफूले संधै गलत प्रवृतीको फण्डाफोर गर्ने बताए । गैडाकोटमा पार्टीका जिल्ला र केन्द्र तहका नेताले आफु अनुकुलका बद्नाम प्रमुख प्रशासकिय अधिकृत ल्याउन सिफारिस गरेपछि उनि आक्रोसित भएका हुन् ।

पार्टी भित्र र बाहिर खिचातानी गरेर काममा अवरोध गर्नेहरुलाई उनले भने, ‘म किसानको छोरा हुँ, बरु गाई भैसी पालेर बस्छु,तर गलत प्रवृतीको विरोध गर्छु ।’ उनले आफु जनताको काम बाहेक अन्य कुरामा जोड नदिने बताए । उनले आफू संधै विधिमा चल्ने भन्दै कसैको दवाव र प्रभावमा काम नगर्ने उद्घोष गरे ।

पौडेलले काम गर्ने कर्मचारीलाई नगरपालिकामा सधैं स्वागत रहेको भन्दै जनताको नजरमा बदनाम भएका कर्मचारीलाई नगरपालिकामा छिर्न नदिने घोषणा गरे । राष्ट्रिय रुपमा बद्नाम भएका कर्मचारीलाई नगरमा भित्राउन चाहान्न उनले भने, बरु पार्टीनै छोड्न तयार छु । पौडेलले नगरको हितमा काम गर्ने प्रशासकिय अधिकृत ल्याउनुपर्ने अडान राख्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>