नवलपुर

नवलपरासी पूर्वमा थपिए तीन जना नयाँ कोरोना संक्रमित

Banner

नवलपुर, साउन २२–

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा आज (बिहीबार) थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार नवलपरासी पूर्वका तीन जनासहित गण्डकी प्रदेशमा कुल ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका तीन जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु २३ देखि २५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा परीक्षण गरिएको हो ।

पूर्वी नवलपरासीका कोरोना संक्रमितहरुको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार हुँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>